
काठमाडौं। लीलाध्वज थापा साहित्य प्रतिष्ठानले समालोचक साहित्यकार प्रा. डा.दयाराम श्रेष्ठलाई ‘लीलाध्वज थापा साहित्य सम्मानरपुरस्कार’ प्रदान गरेको छ ।
सम्मानका साथ श्रेष्ठलाई २५ हजार रुपैयाँ प्रदान गरियो ।
उपन्यासकार लीलाध्वज थापाको १०५औँ जन्मजयन्तीको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कविवर बैरागी काइँलाले प्रा. डा. श्रेष्ठलाई सम्मान गरे ।
र्यक्रममा वि.सं.२००९ सालमा प्रकाशित लीलाध्वज थापाको निबन्धकृति ‘दाह्री’को पुनर्मुद्रित संस्करण र समालोचनाकृति ‘विवेचकको दृष्टिमा विजयध्वज थापा’ लोकार्पण पनि गरियो ।
कविवर काइँलाले डा.श्रेष्ठलाई सम्मान गर्दा आफू नै सम्मानित भएको अनुभूत गरेको बताए ।
कार्यक्रममा समालोचक प्रमोद प्रधानले ‘दाह्री’कोसमीक्षात्मक मन्तव्य दिए ।
प्रा. डा. श्रेष्ठले आफूलाई सम्मान गरिएकामा खुसी व्यक्त गरे ।


