
काठमाडौं । प्रतिकूल मौसमका कारण केही उडानहरु प्रभावित भएका छन् ।
विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले उडान सञ्चालन हुन नसकेका हुन् ।
र पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् ।
खराब मौसमकै कारण आज हुने भनिएको माउन्टेन फ्लाइटहरुसमेत सञ्चालन हुन सकेका छैनन् । मौसममा सुधार आएपछि उडान सञ्चालन गर्न सकिने विमानस्थलहरूले जनाएका छन्।


