
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हालसम्म ४ जनाको पहिरोका कारण ज्यान गएको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार वडा नम्बर ३ को दानामा घर पुरिएर २ जना र वडा नम्बर ५ मा पनि २ जनाको ज्यान भएको हो ।‘गाउँपालिकाभरि नै अवस्था निकै नाजुक छ । वडा नम्बर ३ दानामा घर पुरिएर दुई जना र वडा नम्बर ५ मा पहिरोमा परेर दुई जना गरी चार जनाको मानव क्षति भइसकेको छ,’ उनले भने ।‘सबभन्दा ठूलो समस्या नेटवर्क नटिपेर भएको छ, सम्पर्क विच्छेद छ,’ पुनले भने, ‘त्यसैले यकिन तथ्याङ्क आउन बाँकी छ, तर हालसम्म प्राप्त रिपोर्ट अनुसार १०–१२ वटा घर गइसकेको छ ।’

