
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज विभिन्न जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुने भएको छ।
असोज १० गतेका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक वर्षाका कारण १३ गतेभित्र गर्न निर्वाचन समितिले विकल्प दिएको थियो।
आज १३ जिल्लामा, भोलि २९ जिल्लामा र पर्सी ९ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।
आज झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतसहित १३ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको हो।
त्यसैगरी सोमबार १२ गते ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीसहित २९ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जुम्ला, डोटी, दार्चुला र कञ्चनपुरमा भने आज पनि निर्वाचनको प्रक्रिया चलिरहेको छ।
