
काठमाडौँ । एसियाली खेलकुदमा नेपाली मुक्केबाज नवीन नेपाल प्रारम्भिक चरण (अन्तिम–१६)मै पराजित भएका छन् ।
शनिबार निशियो जिम्नेसियममा सम्पन्न पुरुष ९० केजीको स्पर्धामा नवीन थाइल्यान्डका जक्कापोङ योमखोटसँग अंकका आधारमा ५–० ले पराजित भए। यससँगै एसियाली खेलकुदमा नेपाली मुम्केबाजको चुनौती समाप्त भएको छ ।
यसअघि पुरुष ६० केजीको दोस्रो चरण (अन्तिम–१६) मा खगेन्द्र रोकामगरले फिलिपिन्सका जुनमिलार्डो ओगायरसँग पराजय व्यहोरेका थिए । महिला ५४ केजीको प्रारम्भिक चरणमा अस्मिता दुवाल जापानकी सुकुमी नामिकीसँग पराजित भएकी थिइन् ।
यस्तै, पुरुष ७० केजीमा दानबहादुर दर्लामी इराकका अली कासिम हमदान अल–सर्रे, ५५ केजीमा चन्द्रबहादुर थापामगर भारतका मन्देगबाम जादुमणि सिंह, महिला ५१ केजीमा रमिशा श्रेष्ठ भियतनामी एनगुएन थी टाम तथा महिला ६५ केजीमा कुसुम तामाङ चीनकी शु लीसँग पराजित भएका थिए ।

