
काठमाडौँ ।एरिका गुरुङले विश्व सितोरियो कराते च्याम्पियनसिपमा दोस्रोपटक स्वर्ण पदक जितेकी छन् ।
जापानको योकोहामामा जारी प्रतियोगिताअन्तर्गत ६८ केजीमाथिको तौल समूहको फाइनलमा एरिकाले चाइनिज ताइपेकी खेलाडीलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
एरिकाले विश्व सितोरियो कराते च्याम्पियनसिपमा आफ्नो स्वर्ण संख्या दुई पुर्याएकी छन् ।
