
काठमाडौ । माओवादी केन्द्रको सत्ता बहिर्गमन पछि आयोजित समाजवादी मोर्चाको बैठक बसेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू केपी ओलीबाट ठूलो धोकामा परेको भन्दै संविधान र अधिकार रक्षाको अभियानमा जान प्रस्ताव गरेका छन् । मंगलबार समाजवादी मोर्चाको बैठकमा प्रचण्डले ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिएको भन्दै अब भ्रममा नपर्ने बताए ।उनले ओलीलाई नै बरु प्रधानमन्त्री बन्नुस तर गठबन्धन नतोड्नुस भन्दा उनले नमानेको बताए ।संविधान र लोकतन्त्रमा खतरा आउनसक्ने पनि औल्याउन भ्याए । जनतामा अब जानुपर्ने पनि उनले बताए ।
उता एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले प्रचण्डको आलोचना गर्दै हिजो सरकारमा नहुँदा मोर्चालाई उतिसाह्रो महत्व प्रचण्डले नदिएको बताए । नेपालले सरकार परिवर्तन पछाडि अन्य खेल हुनसक्ने तर्फ सचेत हुनुपर्ने आवश्यकता दर्शाएको पनि बैठकमा सहभागी एक नेताले बताए ।
मोर्चाको बैठकमा महेन्द्र राय यादवको समाजवादी पनि उपस्थित थियो ।



