
काठमाडौ । युरो २०२४ को दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
यो खेल नेपाली समय अनुसार मध्यराति १२ .४५ बजे बर्लिनमा हुनेछ ।
नेदरल्याण्ड्सले क्वाटरफाइनलमा टर्कीलाई २ -१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । उता इंग्ल्याण्डले भने स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएर अन्तिम चारमा पुगेको हो ।
इंग्ल्याण्डले अहिलेसम्म युरो जित्न नसकेको भएपनि यो पाला दावेदार मानिएको छ ।
उता नेदरल्याण्ड्सले सन् १९८८ मा युरो जितेको थियो । नेदरल्याण्ड्स २० वर्षपछि युरोमा सेमिफाइनल खेल्दैछ ।
मुख्य प्रतियोगिता इंग्ल्याण्ड र नेदरल्याण्ड्स चौथो पटक भिड्न लागेको हो । यसअघि सन् १९८८ को युरोमा नेदरल्याण्ड्सले इंग्लयाण्डलाई ३-१ ले पराजित गरेको थियो भने १९९६ को युरोमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई ४-१ ले पराजित गरेको थियो ।
१९९० को विश्वकपमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।
२२ पटक आमनेसामने हुँदा यी टीममध्ये नेदरल्याण्ड्सले ७ खेल जितेको छ ,भने इंग्ल्याण्ड ६ खेलमा विजयी भएको छ ।

