
काठमाडौं। नवराज सुवेदी संयोजकत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई जनकमान्डर तोकेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले जनकमान्डरमा प्रसाईंलाई तोक्ने निर्णय सार्वजनिक गरेको हो।
प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुनेमा प्रदर्शन हुँदैछ।
‘संयुक्त जनआन्दोलन समितिमा जनकमान्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिइएको छ,’ सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘प्रसाईं नेतृत्वमा आह्वान भएको चैत १५ को आन्दोलनलाई समर्थन गर्दछौं।’
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गरेको पत्रकार सम्मेलनमा राप्रपा नेता प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शम्शेर राणा पनि सहभागी थिए।
राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा नै राजसंस्था पुनर्स्थापना आन्दोलन गर्ने घोषणा गरेको थियो।






