
काठमाडौं । आज बुधबार नेपाल ओलम्पिक कमिटी (एनओसी)ले महासचिव द्दारा हस्ताक्षरित विज्ञप्तिजारी गर्दै जापानमा हुने २०औँ एसियाली खेलकुद(एसियाड)को निम्ति ३२ खेलमा ४३४ खेलाडीको दर्ता प्रक्रिया पूरा भएको जनाएको छ । एनओसीका अनुसार, एसियाडका निम्ति पुरुषतर्फ २३९ र महिलातर्फ १९५ खेलाडीको नाम दर्ता भएको हो । प्रतियोगितामा ‘इन्ट्री बाई इन्ट्री’ प्रक्रियाबाट खेलाडीहरूको दर्ता भएको जनाइएको छ ।
प्रतियोगिता जापानका दुई सहर आइची र नागोया सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ । आयोजकले प्रतियोगिताको खेलाडीको संख्या दर्ता गर्ने अन्तिम मिति हिजो (मंगलबार) तोकेको थियो । जसअनुसार मंगलबार खेलाडीको दर्ता प्रक्रिया पूरा गरिएको हो ।
विज्ञप्तिमा एनओसीले एथ्लेटिक्सतर्फ विगतको सहभागितालाई मध्यनजर गरी लामो दुरी म्याराथनमा एक महिला र एक पुरुष गरी दुई खेलाडी दर्ता भएका छन् ।




