काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा संकटा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।