
काठमाडौँ। बेल्जियमविरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ ।
खेलको पहिलो हाफको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा इस्माएला सारले गोल गर्दै नतिजा २-० मा पुर्याए ।
बेल्जियमका रुमेलो लुकाकुले खेलको ८५ औँ मिनेटमा गोल फर्काएका थिए । ८६ औँ मिनेटमा यौरी टिएलम्यानले गोल गर्दै नतिजा २-२ को बराबरीमा पुग्यो ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १२५ औँ मिनेटमा सेनेगलका लेमिन केमेराले डिबक्स एरियामा फाउल गरे ।
भीएआर परीक्षणपछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी दिए । यौरी टिएलम्यानले उक्त मौका सदुपयोग गर्दै गोल गरेपछि बेल्जियम सेनेगलविरुद्ध ३-२ ले विजयी हुनपुग्यो ।

