धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जंगल सडकमा शनिबार बस र स्कुटर एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
उक्त सवारी दुघटनाइटहरी–धरान सडकखण्डमा भएको हो ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको को२२प २१२५ नम्बरको स्कुटर ठोक्किएको हो ।
दुर्घटनामा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका–५ का सुजन विक र त्यसमा पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।
घाइते दुवैको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो १२ः३० बजे मृत्यु भएको जिप्रका सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।