धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही भदौं ३१ गते बजेट ल्याउने बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।
‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ । ‘मुख्यमन्त्री शाहले भने ।
तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा बजेट पेस गरेको थियो, तर राजनीतिक समीकरण फेरिएपछि बजेट पारित हुन सकेको थिएन ।
उनले अगाडि भने ‘यसअघिकै नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ ।’