काठमाडौं ।बागमती प्रदेश वचत तथा ऋण सहकारी संघ लि.को अध्यक्षमा उद्धव सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
आ.व. २०८१ /०८२ देखि २०८४ /८५ को कार्यकालको निम्ति उनी अध्यक्ष भएका हुन् ।
कार्तिक २३ गते सम्पन्न संघको चौथो वार्षिक साधारण सभाद्धारा उनको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा जिवसराज खड्का,महिला उपाध्यक्ष कल्पना श्रेष्ठ,महासचिव गोविन्दप्रसाद काफ्ले,सचिव ठाकुरप्रसाद बास्कोटा,कोषाध्यक्ष प्रदिप थापा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी सदस्यमा लेमन श्रेष्ठ,कृष्ण गोविन्द लाखाजु,विकास वादे,हरिश्चन्द्र सुवेदी,नवराज शर्मा,निर्मला धिताल,जगन्नाथ दाहाल,कृष्णहरी कोइराला,हेमबहादुर कार्की,भवानी देवी अधिकारी र शान्त लक्ष्मी खड्गी निर्विरोध भए ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा देवप्रसाद त्रिपाठी तथा सदस्यहरुमा कमला खनाल र सरस्वती कतिला निर्विरोध निर्वाचित भए ।
अधिवक्ता शिव कुमार अधिकारी,अधिवक्ता रविन्द्र कुमार ढुँगाना तथा अधिवक्ता प्रदीप सापकोटा रहेको निर्वाचन समितिले असोज २३ गतेदेखि मतदाताको प्रारम्भिक नामावली टाँसेर निर्वाचनका सवै प्रकृया पुरा गरेको थियो ।
साधारण सभाको उद्घाटन शुक्रबार नै माननीय भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण तथा सहकारी मन्त्र्ी बासुदेव अधिकारीले गरेका थिए । साधारण सभाको उद्रघाटन कार्यक्रमा पूर्व मन्त्री एवं सहकारीविद केशव बडाल, नेफस्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल,महासँघ उपाध्यक्ष डिवी बस्नेत,सञ्चालक परितोष पौडेल लगायतको उपस्थिति थियो ।
साधारण सभाको बन्द शत्रले आ.व.२०८० ०८१ को प्रगति प्रतिवेदन, आ.व.२०८१ ०८२को लागि प्रस्तावित कार्ययोजना,गत आ.व.को आयव्यय विवरण,लेखासुपरिवेक्षण समितिको प्रतिवेदन लगायतका विभिन्न आन्तरिक कार्यविधिहरु समेत पारित गरेको थियो ।
नव निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई सपथ निर्वाचन समिति संयोजक शिव कुमार अधिकारीले गराए भने नेपस्कून अध्यक्ष चन्द्र प्रसाद ढकाल,महासँघका सञ्चालक परितोष पौडेल,निर्वाचन समिति सदस्य रविन्द्र कुमार ढुुँगाना आदिले नवनिर्वाचितहरुलाई बधाई एवं सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गरे ।नब निर्वाचितहरुको तर्फबाट सबैलाई धन्यवाद दिंदै अध्यक्ष उद्धव सापकोटाले आफ्नो प्रतिवद्धता मन्तव्य प्रस्तुत गरे ।
समापन कार्यक्रमको सञ्चालन संघका कार्यकारी अधिकृत केशवप्रसाद दाहालले गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा विभिन्न सहकार्री संस्थाहरुलाई उत्कृष्टताको आधारमा पुरस्कृत गरिएको थियो ।