
काठमाडौँ। हाल कोसी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ ।
अन्य भूभागमा स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
देशका केही स्थानमा आज भारी वर्षा हुनेछ । केही भूभागमा भने तातो हावाको लहर चल्नेछ ।
कोसी र मधेस प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । चारवटा प्रदेशका केही स्थानमा तातो दिन हुने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोसी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने बताएको छ ।
मधेस प्रदेश र अन्य हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
मधेस प्रदेशमा एकदुई स्थान र कोसी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।