
चर्चामा पुस्तक
यात्राको लय
यात्राका क्रममा देखेभोगेका स साना दृश्य,घट्ना र अनुभूतिहरुलाई निजात्मक शैलीमा रोचकताका साथ प्रस्तुत गर्न खप्पिस छन् प्रदीप सापकोटा ।
यस्तै छन् यस कृतिभित्र पन्ध्रथान विभिन्न जिल्लासँग सम्बन्धित र दुईथान छिमेकी भारतको दार्जिलिङ लगायतका स्थानका नियात्रा समावेश गरिएका छन् । नियात्राले उतिबेलाको शसस्त्र माओवादी द्धन्द्धको तस्वीर उतारेको छ । यात्राका क्रममा देखिएका प्राकृतिक परिवेश र दृश्यहरु समेत कृतिमा आएको छ । निजात्मकताले भिजिएका,गतिशील र तथ्यात्मकता उनका नियात्राका विशेषता लाग्छन् ।
सरल भाषाशैली र काव्यात्मक चेतले बलशाली लाग्छन् नियात्राहरु ।
यात्राको लयको दोस्रो संस्करण भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.३००। रहेको छ ।
प्राचीन नियात्रा साहित्यको विश्लेषणात्मक अध्ययन
नियात्रा अन्वेषक तथा नियात्राकार जय छाङ्छाको अनुसन्धानात्मक कृति हो । यस कृतिले प्राचीन नेपाली एवं पाश्चात्य नियात्राको प्रवृत्ति,प्रारम्भिकालीन नारीको नियात्रामा योगदानका साथै नियात्राको विषयमा थुपै जानकारी दिन्छ ।नियात्रा लेखनीमा देखा परेका भ्रमहरु चिर्न पनि कृति सफल छ ।अन्य विधामा जस्तै नियात्रामा प्रयोग हुने बिम्ब विधान के कस्ता र कसरी प्रयोग हुन्छन् ,नियात्रामा सौन्दर्यको महत्व कस्तो रहन्छ जस्ता विषयमा पनि कृतिले प्रष्ट पारेको छ ।
नियात्राको विषयमा जानकारी राख्ने र नियात्रा लेख्ने सबैको निम्ति कृति पठनीय छ ।
प्राचीन नियात्रा साहित्यको विश्लेषणात्मक अध्ययनलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.३००। रहेको छ ।
अर्थात ऊ
भीम राना जिज्ञासुको लघुकथासङ्ग्रहभित्र ५० थान विभिन्न शिर्षकका लघुकथाहरु समावेश गरिएका छन् । चालीसको दशकदेखि कलम चलाउने जिज्ञासुका यसमा समावेश लघुकथाहरुमा वर्तमान नेपाली समाजमा रहेका विभिन्न वर्गका मानिसका जीवनमा घटेका घट्नाहरुलाई विषयवस्तु बनाईएको छ । यतिमात्र नभएर समाजमा व्याप्त विभिन्न क्षेत्रका विकृति,वेथितिहरु लघुकथाका विषय बनेका छन् । यो उनको दोस्रो लघुकथा कृति हो ।
कृतिमा रहेका लघुकथाह कथ्य, शैली, पात्र,परिवेश,संवादका हिसावले रोचक, पठनीय लाग्छन् । भाषाशैली सहज र सरल देखिन्छ ।
विमल भौकाजीको सम्पादन रहेको अर्थात् ऊ लाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.४००। रहेको छ ।







