काठमाडौ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चार दिने औपचारिक भारत भ्रमणमा आज जाने भएकी छन्।
भारतीय समकक्षी एवं विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भ्रमणमा जान लागेकी हुन्।
परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री देउवा आइतबार भारत भ्रमणमा जान लागेको जानकारी दिएको छ ।

उनको भ्रमणको क्रममा भारतीय समकक्षी परराष्ट्रमन्त्री जयशंकरसँग भेटवार्ता गर्नेछन्। भेटमा दुईपक्षीय हितका विषयमा छलफल हुने र दुई देशबीचको सम्बन्धबारे कुराकानी गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।