
मुक्तक
नानीबाबा अधिकारी
१. मानौ म अपराधि थिएँझैँ गर्छौ
सधै अग्नि परीक्षा लिएझैँ गर्छौ
माया गरेझैं नजानिदो पाराले नै
जहाँ साँघुरो त्यहिं घच्च दिएझै गर्छौ।
२. उसैसँग आज रिसाउँन मन छ
पीडाको पोको बिसाउँन मन छ
बेस्सरी यो मन आत्तिएको बेला
मायामा थोरैरिस मिसाउन मन छ।
३. म त सुनको पर्खाल भित्र छु आमा
अध्याँरो चारकुनाको मित्र छु आमा
दुश्मन यी ब्वासोहरुको बिचमा परेर
सधैँ खुशी लुटिएको पित्र छु आमा।
४.खै किन यसरी उर्लिदै छ तरङ्ग
नबुझेर म आफै पर्या छु दङ्ग
कसैको मनसँग मन साटिए पछी
घुलिदो रहेछ प्रेमको अनौठो रङ्ग।
५.साच्चै मुटु यतै दिएर गयौ कि
कि मुटु उतै लिएर पो गयौ कि
दिनु र लिनुको दोधारमा पर्दा
रुँदै आँसु पिएर पो गयौ कि?







