tourist in nepal5 .
काठमाडौं ।सन् २०२५ को पहिलो महिना जनवरीमा करिब ८० हजार पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए ।
भारतीय पर्यटक आगमनमा भने कमी आएको छ ।
यस वर्ष जनवरीमा भारतबाट २० हजार ४ सय ८५ पर्यटक आए । यो अघिल्लो वर्ष जनवरीको दाँजोमा १५ प्रतिशतले कम हो । अघिल्लो वर्ष जनवरीमा २४ हजार १ सय ३९ भारतीय नेपाल भ्रमणमा आएका थिए ।
भारतीय घट्दा बंगलादेशबाट भने आगमनमा उच्च सुधार देखिएको छ । जनवरीमा बंगलादेशबाट ५ हजार ४ सय ६ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको तुलनामा यो ४९ प्रतिशत धेरै हो ।
२०२४ जनवरीमा बंगलादेशबाट ३ हजार ६ सय २९ पर्यटक नेपाल आएका थिए । चीनबाट हुने आगमन समेत सुधार भएको छ ।
एसियाली देशमध्ये भियतनाम, इन्डोनेसिया सहितबाट पर्यटक बढ्दा थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया लगायतबाट घटेका छन् ।
चीनबाट जनवरीमा ८ हजार १ सय ९१ पर्यटक आएका छन् ।
श्रीलंकाबाट ४ सय ७ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जानकारी दिएको छ ।
यसैगरी जनवरीमा युरोपबाट आउने पर्यटक संख्या सुधार भएको छ । युरोपेलीमध्ये सबैभन्दा धेरै बेलायतबाट ३ हजार ५ सय २१ पर्यटक आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ७।५ प्रतिशत धेरै हो ।
अस्ट्रेलियाबाट ४ हजार ३ सय १ पर्यटक नेपाल आएका छन् भने अमेरिकाबाटजनबरीमा महिनामा ८ हजार ६३ जना नेपाल आएका छन् ।








