
कविता
राधेश्याम लेकाली
अनेक दुश्मन देखा पर्छन्
कसैको केही विगार्नु पर्दैन्
कसैको मन दुखाउनु पनि पर्दैन्
कसैलाई गाली पनि गर्नु पर्दैन्
बस प्रगति गर्नुस बस सफल हुनुस
एउटा होइन अनेक दुश्मन देखा पर्छन् ।
अझ उच्च पद पाउनुपर्छ
अझ सम्मान र पुरस्कार पाउनुपर्छ
अझ अन्य अवसर पाउनुपर्छ
यो प्रगति देखेर यो उन्नति देखेर
एउटा होइन अनेक दुश्मन देखा पर्छन् ।
पत्रपत्रिकामा छाउनु पर्छ
सभा सम्मेलनमा अवसर पाउनुपर्छ
देश विदेशमा गइरहनु पर्छ
यो कुराले केहीलाई डाहा हुन्छ
यो कुराले केहीलाई औडाहा हुन्छ
अनि एउटा होइन
अनेक दुश्मन देखा पर्छन् ।
c







