
कविता
आभा भूजेल
क्यानभास
प्रिय!
यो दिल सायदै क्यानभास थियो
तिम्रो तस्वीरहरु
जहाँ कैद गरेर
आफू सँगै राख्ने निर्णय गरे
उहीँ दिनदेखि केही खटिएको
महशुस भयो
यो दिलको क्यानभास
यसरी जल्यो सबै
सम्बन्ध माया प्रेम
कहाँ किन के कसरी र के को लागि
तिमी सँग टाढिनु पर्यो
सायद एउटा प्रेममा
यातना दिने तागतको पराकाष्ठा
या त तिमीमाथि रजाइँ गर्ने
दुस्साहस हो मेरो प्रिय
बल्ल मैले बोध गरे।
कुनै कुराको पनि निर्णय मैले लिन सकिन
न त तिमीले सकेउ
अझै पनि बुझ्न मन छ
जिन्दगीलाई बुझाउनु बाँकी छ
जीवनको विरासतमा कहाँ पाइन्छ र !
चाहेको कुरा सबै त्यो त
आफै तय भएर नै त हो आउने
जन्मनु!मर्नु!भेट्नु!छुटिनु
कथा न हो जिन्दगीको बस्
दिलको क्यानभासमा सजाउन बाहेक
तिमिलाई कुनै पल केही गर्न सकिन
मन मस्तिष्कमा तिमी
आँखामा तिमी अनि
यो दिलमा पनि तिमी हुन्छौं
जबसम्म म हुनेछु रहने छु
साथमा तिमी नै रहने छौँ
मैले लेख्ने हरेक लेखहरुको
क्यानभासमा र हरेक मैले लेख्ने
बिधाको शिर्षकहरुमा
मात्र तिमी/ तिमी/तिमी हुने छौ प्रिय्
कुनै दिन तिमीले कोरेको क्यानभासमा
लेखिएको रहेछ आभा
अहिले पनि जल्दै छ
ती आभा कोरेको क्यानभासअनि सँगै
आभा…………………………………..








