काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई सोमबार रुपन्देही लगिएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन जोशीलाई रुपन्देही लगिएको हो । उनी असोज ६ गते पक्राउ परेका थिए ।
जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रुपेन्देही लगिने तयारी गरेको छ ।
स्रोतका अनुसार सूर्यदर्शनसहित विभिन्न पाँचवटा सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुलेको सहकारी रहेको जिल्लाहरुमा छवि र रविलाई लैजाने तयारी गरेको हो । रुपेन्दीसँगै उनीहरुलाई वीरगन्ज, चितवन, काठमाडौंसमेत ल्याइने छ ।जोशी ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक र रवि प्रबन्ध निर्देशक हुन् ।