
मुक्तकहरु
दुर्गाकिरण तिवारी
१.
भाग्य जतिसुकै दुश्मन होस् मनमा अनौठो रहर
दोषी नजर छन बजारमा तिम्रा कमजोरी कहर छ
भइदिन्छ तिव्र मन गल्ती गर्ला सोच्नु मस्तिष्कले
समयले कुटछ सरतामा पनि खोट देख्ने सहर छ ।
२.
मेटिन्छ तिर्खा अवश्य स्वयं खोली धाएपछि
कमजोर पनि बलियो हुन्छ समय आएपछि
भर छ सधैं दरै हुन्छु उभिन्छु ठान्नेको पनि त
टेको पनि भाँचिन्छ कुनै दिन धमिरा लाएपछिا
३.
गज्जब भ्रमकै खेतमा भ्रमकै बिउ छर्छन्
धेरै जसो बदलिँदो छ युग मात्र फटाहाको भर पर्छन्
धेरै जसो त्यसैले प्रेम र समर्पण पनि जोड घटाउको मारमा छ
हो ब्यक्तिको आवरण हेरेर व्यबहार गर्छन् धेरै जसो ।
४.
जीवनले हर उतारचढावका भोगहरूलाई छुनुपर्छ
छैनौं भने सम्पन्न आफन्तहरूबाट समेत हात धुनुपर्छ
संवेदनशील को पो छ र ! विषादीको जमानामा
अब हो तिमी सबैको हुन त ! तिमीसंग सबैथोक हुनुपर्छ।
५.
जब खुसी हराउँछ तब संसारै सानोतिनो लाग्छ
जतिसुकै रङ्गीन भएपनि फिका र अलिनो लाग्छ
हारेपछी जीवनको लडाइ, शिथिल भएपछि मन
भयानक घटना घटेपनि सामान्य र झिनो लाग्छ ।








