रौतहट । नेपाल श्रष्टा समाज,मधेश प्रदेश कमिटी तथा साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपूर नगरपालिकाको आर्थिक सहयोगमा साहित्यिक गोष्ठी सम्पन भएको छ ।
शनिबार आयोजित उक्त गोष्ठीमा काठमाडौ सहितबाट आउनु भएका र स्थानीय कवि,साहित्यकारहरुले आआफ्ना रचना बाचन गरेका थिए । चन्द्रपुर नगरप्रमुख संजय काफ्लेको प्रमुख आतिथ्यता तथा वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीको विशिष्ठ आतिथ्यता उक्त गोष्ठी सञ्चालन भएको थियो ।
गोष्ठीमा बाबु त्रिपाठी,प्रज्ज्वल अधिकारी,माधव पोखेल,रुपक बनवासी,शान्ति शर्मा,सन्ध्या सापकोटा ,रुपक बनवासी लगायतका थुप्रै श्रष्टाहरुले आआफ्ना रचना बाचन गरेका थिए ।
सोही कार्यक्रममा बालसाहित्यका क्षेत्रमा योगदान गर्ने माधव सयपत्री,साहित्य सञ्जाल रौतहटका सल्लाहकार सपूत कार्की,डा.शालिकराम शर्मा, अनन्त कोइराला,हरिकृष्ण काफ्ले,श्यामहरि चौलागाईं लगायतलाई सम्मान गरिएको थियो ।
डा. शालिकराम प्रतिभा पुरस्कार २०८१ द्धारा कवि एवं आख्यानकार अनन्त कोइरालालाई प्रदान गरिने घोषणा समेत गरिएको थियो ।
उक्त कार्यक्रममा बरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीले उपस्थित श्रष्टाहरुबीच आफेना लेखनीका अनुभव र अनुभूतिहरु राखे । प्रमुख अतिथी नगरप्रमुख काफ्लेले चन्द्रपूरको साहित्यको उन्नयनमा नगरपालिकाले सदैव सकारात्मक साथ र सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
श्रष्टा समाज,मधेशप्रदेश कमिटी संयोजक लक्ष्मी श्रेष्ठ रेशमी,संस्कृतिविद सितल गिरी लगायत उक्त गोष्ठीमा काठमाडौ ,मकवानपूर,सिन्धुली,सर्लाही लगायतका जिल्लाबाट आमन्त्रित कवि,मुक्तककार र गजलकारहरु समेतको सहभागितामा कार्यक्रम भएको थियो । कार्यक्रमको अध्यक्षता साहित्य सञ्जाल रौतहटका अध्यक्ष माधव काफ्लेले गरेका थिए ।