
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच भेटवार्ता भएको छ।
उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म भारतीय प्रधानमन्त्री मोदी बसेको होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइनमा भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीहरू थिए।
प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध तिक्त रहेको चर्चाकाबीच हुन लागेको यस भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट भएको हो।






