
रुबिना राना
मनमा राखेपछि निकाल्न नसकिदो रैछ
चटक्कै एकैपटक फाल्न नसकिदो रैछ
मनभित्रकै हुरी आई निभाईदिने हो कि
मनको दियो मनकै बाल्न नसकिदो रैछ
समय आएसी उड्दा रैछन् मनका बचेराहरु
पखेटा लागेपछि सम्हाल्न नसकिदो रैछ
अलिकति खुट्टा तान्नेहरु पनि चाहिदो रैछ
प्रशंसाले मात्र पाइला चाल्न नसकिदो रैछ
रुनलाई पनि एक्लोपनको खाँचो पर्छ साथी
सबको अघि आँशु खसाल्न नसकिदो रैछ








