
काठमाडौं । ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान–२०८१’ साहित्यकार तथा अग्रज साहित्यिक पत्रकार राजेश खनाललाई प्रदान गरिने भएको छ ।
नेपाली भाषा साहित्य र पत्रकारितामा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने यो सम्मान यसपटक खनाललाई प्रदान गरिने निर्णय गरिएको हो ।
१५ हजार रुपैयाँ राशीको यो पुरस्कार नारी स्रष्टा समाज विराटनगरका अध्यक्ष ममता मृदुलले आफ्ना बुवा र आमाको नाममा स्थापना गरेकी हुन् ।







