
काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से ५.०६ अंकले घटेर २७००. ४७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४७ कम्पनिका ७७ लाख ४३ हजार ३० कित्ता शेयर ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ मा कारोबार भएको थियो । आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स, म्युचुअल र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी अपोलो हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोपान फार्माको १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर ५.५४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३१ करोड ९८ लाख बराबरको कारोबार भएको छ युनाइटेड मोदी हाइड्रोको २३ करोड ५ लाख बराबरको कारोबार भएको छ ।






