
काठमाडौं । बलिउड अभिनेता मनोज कुमारको शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको छ।
८७ वर्षका मनोज कुमार विशेष गरी आफ्ना देशभक्तिपूर्ण चलचित्रहरूका लागि परिचित थिए।
उनलाई भरत कुमारको नामले पनि चिनिन्थ्यो। उपकार, पूर्वपश्चिम, क्रान्ति, रोटी-कपडा और मकान उनका सफल फिल्म थिए।
उनको वास्तविक नाम भने हरिकृष्ण गोस्वामी हो। उनको जन्म १९३७ मा एबटाबादमा भएको थियो।
मनोज कुमारका छोरा कुणाल गोस्वामीका अनुसार उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्।








