
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा गरेका छन् ।
उनले होर्मुज जलमार्ग पुनः खुल्ने र जहाजहरूको महसुलरहित आवतजावत सुरु हुने बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’ भएको र त्यो ‘अहिले लागु भइसकेको’ बताएका छन् । यस सम्झौताको हस्ताक्षर समारोह आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने तय भएको उनले बताए ।
आर इइतबारानका उप–परराष्ट्रमन्त्रीले समेत पुष्टि गरेको उक्त सम्झौताले अमेरिका र इरानबीचको शत्रुतालाई तत्काल अन्त्य गर्ने बताइएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भनेका छन्, “इरानसँगको सम्झौता अब पूरा भएको छ । सबैलाई बधाई १!म यसद्वारा होर्मुज जलमार्गलाई महसुलरहित रूपमा खोल्ने पूर्ण अनुमति दिन्छु । यससँगै अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन आदेश दिन्छु । विश्वका जहाजहरू, आफ्ना इन्जिनहरू सुरु गर । तेललाई बग्न देऊ !”उनले लेखेका छन् ।
उनका अनुसार शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै बारुदी सुरुङ हटाउने कार्य सुरु हुनेछ । होर्मुज जलमार्ग पूर्ण रूपमा खुल्नेछ, जसले विश्व ऊर्जा आपूर्तिलाई पुनः सहज बनाउनेछ ।
ट्रम्पको यो घोषणा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अमेरिका र इरानबीच लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने सम्झौता भएको जानकारी दिएपछि आएको हो ।
सरिफले लेखेका छन्, “गहन वार्तापछि अमेरिका र इस्लामिक रिपब्लिक अफ इरानबीच शान्ति सम्झौता भएको घोषणा गर्न पाउँदा हामी खुसी छौँ । दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने सहमति गरेका छन् ।”