काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले विदेश सचिव मिश्री आज नेपाल आउने जानकारी दिएको हो ।दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।मन्त्रालयका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको बताइएको छ ।