शाकाहारी अथवा सगा धावाको परिचय। तिब्बतीयन पात्रो अनुसार यो चौथो महिना हो। यो महिनालाई शाकाहारी अथवा सगा महिना भनिन्छ यसको अर्थ सगा भन्नाले विशाखा नक्षत्र, तारा हो ।धावाको मतलब महिना हो । यो महिना बारी विशाखा नक्षत्र उदाउने भएका हुनाले यो चौथो महिनालाई सगा धावा भनिन्छ। यो तिब्बतीयन पात्रो अनुसार चौथो महिनाको एक तिथि देखि तीसौं तिथि सम्माको समय अबधीलाई सगा धावा मान्ने गरिन्छ ।
शाकाहारी भन्नाले बौद्धधर्मावही यो महिना बारी नै शाकाहारी भोजन उपभोग गर्ने भएको हुनाले यो महिनालाई कार्से धावा अथवा शाकाहारी महिना पनि भन्ने गरिन्छ। यो महिनालाई विशेष महिनाको रुपमा लिनुको कारणहरू के छ भने प्रशन जनमानसमा उठ्नु स्वाभाविक हो। यो प्रशनको सहि उत्तर भन्नु पर्दा बौद्ध धर्मावलम्बीहरुको शास्ता भगवान बुद्धको जिवनी संग जोडिएका तिन महत्पूर्ण लिलाहरू यही महिना भित्र पर्ने हुनले यो महिनालाई विशेष महिनाको रुपमा लिने गरिन्छ। १ बुद्ध जयन्ती यही महिनामा भगवान बुद्धको जन्म महामायादेवी गौतमीको कोखबाट लुम्बिनी बगैंचामा रहेको एउटा शालको वृक्षमुनि आराम गर्दा गर्दै जन्म भएको थियो । जन्मिने बित्तिकै सात पाईला हिँडेका थिए र वहाँले टेकेका सातै ठाउँहरुबाट कलमका फूलहरु फुलेका थिए भन्ने कथन छ। त्यो दिन बैशाख पूर्णिमा शुक्रबारको दिन यहि महिनामा पर्दछ।
२ बुद्धत्व प्राप्ति दिवस। सुजाताद्वारा चढाईएको खीर ग्रहण गरि निरंजन नदीतिर प्रस्थान गरे। त्यो नदीको किनारमा आफ्नो चिवर र खीर राखी पहिला नदीमा स्नान गर्नु भयो । स्नान कार्य सकिएपछि चीवर धारण गरी खीर भोजन गर्नु भयो । त्यसपछि नदीमा गई यदि आज मैले सत्यज्ञान प्राप्त गर्ने रहेछु भने यो भिक्षापात्र अवश्य पनि विपरीत दिशातिर अर्थात् नदी बगेर गएको तिर नबगी माथि तिर बगेर जाने छ भनी त्यो भिक्षापात्र नदीमा फालिदिए। वहाँले सङ्कल्प गरे अनुसार त्यो भिक्षापात्र त्यस नदीबाट उल्टो दिशा तिर बगेर गयो। आफूले सङ्कल्प गरे अनुसारको शुभ संकेत देखेपछि वहाँलाई विश्वास भयो। घाँसेले चढाईएको आठ मुठा घाँस ओछ्याएर ध्यानमा बसी अब मेरो शरीरको रगत मासु र हाड छाला गलेर गए पनि म आफ्नो लक्ष्य प्राप्त नगरी म यो आसनबाट उठ्नेछैन भनेर वहाँले प्रतिज्ञा गरे ३५औं वर्षको उमेरमा मारगणलाई पराजित गर्दै वहाँले बोद्धगयाको एउटा पिपलको रुखमुनि ईसा पूर्व ५२८मा सम्यक् सम्बद्ध हुनु भयो। यो दिनलाई बुद्धत्व प्राप्त गरेको दिवसको रुपमा मनाउने गरिन्छ। ३ महापरिनिर्वाण दिवस।
६ वर्ष सम्मको अठोट आध्यात्मिक चिन्तनद्वारा प्रतिपादन गर्नु भएको बोधिज्ञान र त्यसपछि ४५ वर्षसम्म सम्पूर्ण जगत प्राणीहरूको कल्याणका निम्ति आफ्नो जीवन समर्पित गर्नु भएको थियो। अन्त्यमा ८० वर्षको उमेरमा हुँदा कुशीनगरको रमणीय घना जङ्गलमा महापरिनिर्वाण हुनुभन्दा अगाडि दुईवटा शालवृक्षको बीचमा आसन बिछ्याउन लगाएर विश्राम गर्न साथ ती शालवृक्षहरूमा बेमौसम भएतापनि फूलहरु फुल्न थाले र ती फूलहरू बुद्धको शरीरमाथि झर्न सुरू भयो। त्यसपछि आफ्नो सम्पूर्ण हक अधिकारहरु महाकाशपा प्रदान गर्नुको साथ साथै अन्तिम वचनको रूपमा 1 सर्व संस्कार अनित्य हुन। 2 सर्व दूषित विषय दुःख हुन। 3 सर्व धर्म शून्यता हुन। 4 निर्वाण नै सुख शान्ति आनन्द हो। भगवान बुद्धको जन्मजयन्ती,बोधिज्ञान प्राप्त,महापरिनिर्वाणमा प्रवेश जस्ता महत्वपूर्ण दिनहरु सबै यही महिनामा पर्दछ। त्यसलै यो महिना भित्र कुनै पनि सकारात्मक र नकारात्मक विचार र कुसल र आकुसल कार्यहरू जे जस्तो गरेपनि त्यसको परिनाम फलस्वरुप लाखौं गुणा वृद्धि हुन्छ भन्ने विश्वास पनि छ । त्यसैले यो महिना बारी धेरै जस्तो श्रद्धालु भक्तजनहरुले झाँड राक्सी चुरोट जुवा तास मासु जस्तो चीज छोड्ने गर्छ भने तिर्थ यात्रा जाने चैत्य परिक्रमा गर्ने मौन व्रत बस्ने बुद्धको वचन संग्रह कान्ग्यूर र प्रज्ञापरिमिता पाठ गर्ने, दान दक्षिणा दिने जस्ता शुभ कार्य गर्ने ठूलो अवसरको रुपमा लिने गरिन्छ।