
मुक्तक
हरि गौतम
१.
यहाँको यस्तै यस्तै रहेछ चलन बुझ्दैछु
कसरी हुन्छ भगवानको खटन बुझ्दैछु
अरुलाई मरिहत्ते गरेर सहयोग गर्ने म
आज कसको कस्तो रहेछ मन बुझ्दैछु!
२.
हेरनत अचेल प्रिय त्यतै धाउन मन छ
मनका कुरा तिमीलाइ बताउन मन छ
त्यस्तो एउटा समयको प्रतिक्षामा छु
मलाई तिम्रो काखमा निदाउन मन छ !
३.
पीडा सहनै नसक्ने गरि घाउ चलाएको बेला
मलम बन्नु पिडामा चिच्याउँदै कराएको बेला
तिम्रो आगनमा मन खुशी हुन्छ होस हराउँछ
आउनु है प्रेयसी सपनामा म निदाएको बेला !
४.
जब जब चिसो सिरेटोले मलाई सताउँछ
भित्र भितै मुटु कामेको आभास गराउँछ
तिमीले सुमसुम्याएका न्यानोपनमा रम्दछु
त्यो मौसम परिवेशले तिम्रो याद आउँछ !
५.
बल छ भन्दैमा घमण्ड नगर खुट्टाले मिचेर हुदैन
आलु पाक्ने हो उसिनेपछि ढुङ्गा उसिनेर हुदैन
विना अर्थ समय खेर फाल्नु भनेको मुर्खता हो
दहि नै मथ्नुपर्छ नौनी बनाउन मोहि मथेर हुदैन !







