
धादिङ । सुख्खा पहिरोले अवरुद्ध रहेको पृथ्वी राजमार्ग सुचारू भएको छ ।
विहिबार अपराहन्नदेखि धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोला नजिक सुख्खा पहिरो गएपछि दुईतर्फी अवरुद्ध भएको सडक करिब ११ घण्टा पछि शुक्रबार बिहान ४ बजेदेखि सुचारु भएको हो ।
पहिरो खस्ने क्रम लामो समयसम्म जारी रहेकाले पहिरो हटाउन समय लागेको



