
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादव स्वदेश फर्किएका छन् ।
कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न मंगलबार त्यसतर्फ गएका उपराष्ट्रपति यादव बिहीबार स्वदेश फर्किएका हुन् ।
त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले उपराष्ट्रपति यादवलाई स्वागत गरे ।
कतार भ्रमणका क्रममा उनले कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गरेका थिए ।



