हेटौंडा । वाग्मती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेका एमालेका मन्त्रीहरूको राजीनामा तत्कालका लागि रोकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि कांग्रेस नेतृत्वको वाग्मती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले बिहीबार दिने भनिएको राजीनामा नदिने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेस र एमालेबीचको सत्ता साझेदारीमा खटपट भएसँगै वाग्मती प्रदेश सरकारबाट एमालेका सबै मन्त्रीले बिहीबार मन्त्रिपरिषद् बैठकपछि सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका थिए ।
हेटौँडा । वाग्मती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेका एमालेका मन्त्रीहरूको राजीनामा तत्कालका लागि रोकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि कांग्रेस नेतृत्वको वाग्मती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले बिहीबार दिने भनिएको राजीनामा नदिने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेस र एमालेबीचको सत्ता साझेदारीमा खटपट भएसँगै वाग्मती प्रदेश सरकारबाट एमालेका सबै मन्त्रीले बिहीबार मन्त्रिपरिषद् बैठकपछि सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका थिए ।
पार्टी नेतृत्वबाट नयाँ निर्देशन आएपछि उक्त निर्णय स्थगित गरिएको हो ।
प्रदेश सरकारका स्वास्थ्यमन्त्री तथा एमाले नेता किरण थापा मगरले पार्टीको केन्द्रीय निर्देशनअनुसार राजीनामाको तयारी तत्कालका लागि रोकिएको पुष्टि गरे ।
हाल वाग्मती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापा मगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ सहभागी छन् ।