
काठमाडौ । साहित्यकार ईश्वरीप्रसाद भुसालका दुई कृति लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उनका दुई कृति लामो कविता ‘अर्पण’ र गजलसंग्रह ‘कसको आँखा लाग्यो’ लोकार्पण गरिएको हो ।
प्रा.डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा डा. डीआर उपाध्याय, महाकाव्याकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा नेपाल साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी र टेकराज भुसाललगायतले कृतिको लोकार्पण गरेको बताइएको छ ।




