
काठमाडौं । अध्यादेशबाट सरकारी निकायका पदाधिकारी हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा संवैधानिक इजलासलाई सहयोगका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट आठजना एमिकस क्युरी खटाइएको छ ।
संवैधानिक इजलासको माग अनुरुप सर्वोच्च अदालत बारबाट चारजना र नेपाल बारबाट चारसहित आठजना एमिकस क्युरी पठाइएको हो ।
दुवै बारले सोमबार (जेठ २५) आठजना संविधान र कानुनका विज्ञलाई सुनुवाइका दिन वहसका लागि खटाएको हो ।
सर्वोच्च अदालत बारले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, गोविन्द वन्दी, संविधानविद् भिमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकलाई बहसमा खटाएको छ ।

