काठमाडौं ।हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जुन कमजोर पनि छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेश को तराई भू(भागमा मन्द शीतलहरको अवस्था छ भने बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
शनिबार दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।
आगामी चौबीस घन्टामा मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरीं) तथा कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी)मा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाको आग्रह छ।







