काठमाडौं । नेपालप्रिमियर लिए (एनपिएल) खेल्न नेपालआएकाभारतीयचर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।
उनी सहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे सहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमाविताएकाथिए ।
एभरेष्ट बेसक्याम्पको अवलोकन पछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएकाछन् । यसअघिउनले एनपिएलका क्रममा पशुपतिनाथ दर्शन गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमाआउने चाहनाव्यक्त गरेका छन् ।
कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभवभयो ।नेपालका खेलाडीलाई केहीसिकाउने र मैले पनि केही मौका पाँए,’उनले भने