
काठमाडौं । नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
आइभरीकोस्टलाई २-१ ले पराजित गर्दै नर्वे प्रि- क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
नर्वेका एन्टोनियो नुसाले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । आइभरीकोस्टका अमाद डियालोले ७४ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याए । ८६औँ मिनेटमा नर्वेका एर्लिङ हालाण्डले गोल गर्दै नतिजा २-१ मा पुर्याए ।
उनको निर्णायक गोलसँगै नर्वे अन्तिम १६ मा प्रवेश गरेको हो । विश्वकपमा हालाण्डले गोल संख्या पाँच पुर्याएका छन् ।