
काठमाडौं । जर्मन गोलकिपर म्यानुएल नोयरले अन्तर्राष्ट्रिय फुटबलबाट फेरि सन्न्यासको घोषणा गरेका छन् ।
फिफा विश्वकपअन्तर्गत सोमबार रातिको अन्तिम–३२ को खेलमा पाराग्वेसँग ट्राइबेकरमा जर्मनी पराजित भएपछि नोयर अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भएका हुन् ।
करिब दुई दशकसम्म जर्मनीको पोस्ट सम्हालेका ४० वर्षीय नोयरले विश्वकप सुरु हुनुअघि नै यो जर्मनीका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने घोषणा गरेका थिए ।

