काठमाडौं । सर्वोच्च अदालतले माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको नतिजा समयमै प्रकाशन गर्न सरकारको नाममा आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको इजलासले एसईईको नतिजा समयमै प्रकाशन गर्न आदेश दिएको हो ।
यसैगरी कक्षा १२ को परीक्षा समयमै गर्न समेत सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ ।
बैशाख ११ गते जारी आदेशमा देशभरीका बालबालिकालाई पठन पाठन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

” तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यामिक शिक्षा (एसईई बोर्ड)को परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अबस्थाको सृजना हुन नदिनु “आदेशमा भनिएको छ ।








