tribhuwan university
काठमाडौं ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक र एक हजार बढी सामुदायिक क्याम्पसमा विद्यार्थीहरूको प्रतिनिधिमूलक थलो स्ववियुको निर्वाचन हुँदैछ। मतदान मंगलबारबिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ।
हरेक दुई–दुई वर्षमा स्ववियु चुनाव हुने भएपनि विवादका कारण केही क्याम्पसमा २०६५ सालदेखि नै निर्वाचन हुन सकेको छैन।
काठमाडौं उपत्यकामा त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, शंकरदेव, पब्लिक युथ, सरस्वती, अमृत साइन्स, विश्वभाषा लगायत क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रभावित बनेको छ।
काठमाडौं उपत्यकाका महेन्द्ररत्न क्याम्पस, जनप्रशासन, मीनभवन, आइओएम महाराजगञ्ज, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठिमी, पाटन संयुक्त, ललितकला आदिमा चुनाव हुँदैछ।
उपत्यकाबाहिर मोरङ डिग्री क्याम्पस, पृथ्वीनारायण, ठाकुराम बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस इलाम, मकवानपुर बहुमुखी क्याम्पस लगायतमा चुनाव हुँदैछ। एकसय भन्दा बढी सामुदायिक क्याम्पसमा अध्यक्षसहित पदाधिकारी निर्विरोध चुनिइसकेका छन्।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ। जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्।
विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ।






