काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, अन्तर्गत बौद्ध अध्ययनको (MA) तहको कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्ना कार्यक्रमका लागि Online फारम भर्ने मिति २०८१ पौष २५ गते राती १२:०० बजेसम्म र दोब्बर दस्तुरमा पुस मसान्तको राती १२:०० बजेसम्म कायम रहने गरी प्रवेश परीक्षा आवेदन फारम भर्ने समयावधि बढाइएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अन्य परीक्षा कार्यतालिका भने यथाबत कायम रहने व्यहोरा पनि सूचित गनिछ ।
नोट:
> सम्बन्धित क्याम्पस/विभाग/ कार्यक्रमहरूले परीक्षार्थीहरूले अनलाइन मार्फत भरेका आवेदन फारामहरू डीन कार्यालयले उपलब्ध गराएको username र password प्रयोग गरी आवेदन दस्तुर, मिल्दो विषय आदि Verify गर्नु पर्ने छ। सम्बन्धित क्याम्पस/विभाग/ कार्यक्रमहरूबाट Verify भए पश्चात् डीन कार्यालयबाट Approved भइसकेपछि मात्र मिति २०८१ साल पौष २६ गतेदेखि परीक्षार्थीहरूले आफ्नै username र password प्रयोग गरी प्रवेश-पत्र प्राप्त गर्न सक्ने छन् ।
