
मंसीर १, ध्यान अभ्यासमा स्मृतिको डोरीले आफ्नो मनलाई ज्यादै कडासँग कस्न पनि हुँदैन र ज्यादै खुकुलो छोड्न पनि हुँदैन। मनलाई अत्यधिक कडाइका साथ ध्यानको विषय (आलम्बन) मा बाँध्न खोज्यौं भने त्यो टिक्दैन, यत्रतत्र भाग्न थाल्छ। एकातिरबाट फिर्ता ल्याउँदा अर्कोतिर भागिसक्छ। त्यस्तै स्मृति ज्यादै खुकुलो भयो भने हामी ध्यान गर्दैछौं भन्ने नै बिर्सिन्छौँ। मन भटकिरहन्छ र फर्कँदैन। त्यसैले स्मृतिको अभ्यास न धेरै कसिएको न धेरै खुकुलो, बरू बीचको सम्यक् संतुलनका साथ गर्नुपर्छ।
— इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ ३७ बाट







