कार्तिक १५, मृत्युको क्षणमा मनमा आउने विचारहरू अत्यन्त महत्वपूर्ण हुन्छन्। त्यस क्षणमा हामीले रिस, घमण्ड, ईर्ष्याजस्ता अशुभ चित्तवृत्तिहरू उठ्न दिन हुँदैन। त्यसको साटो मैत्री, करुणा र बोधिचित्तका भावना उत्पन्न गर्नुपर्छ। यस्तो मनस्थिति अन्तराभव (भार्दो) र आगामी जीवनको लागि अत्यन्तै लाभकारी हुन्छ। हामी बौद्ध होऔं वा नहोऔं, मृत्युको क्षणमा हामीले आफ्नो मनलाई शुद्ध र असल विचारहरूले युक्त राख्नुपर्छ।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ७६ बाट