कार्तिक ९, मृत्युको क्षणलाई उपयोग गर्न हामीले जतिसक्दो चाँडो तयारी सुरु गर्नु राम्रो हुन्छ। धर्म श्रवण र अभ्यासमार्फत् समयको सदुपयोग गर्नुपर्छ। चाहे एउटा मणि मन्त्र मात्र जप्ने होस्, या कुनै मौखिक उपदेशमाथि ध्यान गर्ने, अथवा थोरै मैत्री र करुणाको भावना गर्ने, हामीले हरेक अवसरको उपयोग धर्म अभ्यासका लागि गर्नु आवश्यक छ। बिना कुनै अपवाद, हरेक व्यक्तिले सामान्यतया रोग अनि मृत्युको सामना गर्नैपर्छ। यस्ता अनेक दुःखहरूको सामना गर्न सिकाउने सही मार्गमा हिड्यौं भने मात्रै हाम्रो कल्याण हुन सक्छ।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ७१ बाट