काठमाडौं । एसीसी महिला एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले यूएई विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमकी कप्तान इन्दु वर्माले फिल्डिङको निर्णय गर्दै यूएईलाई ब्याटिङमा निम्त्याएकी हुन् । उक्त प्रतियोगितामा समूह ‘ए’मा नेपालसँगै युएई, भारत र पाकिस्तान छन् ।